अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 12:58

नवौं रेन्जर सम्मेलन चितवनको सौराहामा शुरु

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:२८ मा प्रकाशित

विश्व रेन्जर सम्मेलन चितवनको सौराहामा शुरु भएको छ । सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । पर्यटन वर्ष २०२० को सँघारमा आयोजित सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा आयोजित सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीनरतीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । नवौँ सम्मेलन व्यवस्थापन समितिका संयोजक डा महेश्वर ढकालले सम्मेलनमा नेपालसहित ७२ देशका प्रतिनिधि सहभागी भएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू