अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

निर्वाचन आयोगको भूमिकाप्रति कांग्रेसको असन्तुष्टी

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:२६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आयोगको भूमिका निश्पक्ष नदेखिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले निर्वाचन आयोगको नेतृत्वलाई भेटेरै निर्वाचन आचारसंहिता पालनाका विषयमा ध्यानाकर्षण गराउने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गराउन गम्भीरता नदेखाएको आरोप लगाउनुभयो ।

सातवटै प्रदेशका प्रदेश प्रमुख बर्खास्त र नयाँ नियुक्ति प्रकरणमा निर्वाचन आचारसंहिता उल्लंघन भएको दावी गर्दै आएको कांग्रेसले सो विषयमा निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको हो ।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहित नमिचिएको भनेर निर्वाचन आयोगले दिएको प्रष्टीकरणप्रति हाम्रो ध्यानाकर्षण भएको जनाईएको छ । आचारसंहिता आचार र व्यवहारसँग सम्बन्धित नैतिक दायराको बन्दोबस्त भएको पनि कांग्रेसले प्रष्ट पारेको छ । प्रदेश प्रमुख बर्खास्त र नियुक्ति प्रकरणमा निर्वाचन आयोगसँग पूर्वसहमति लिएर अत्यावश्यक निर्णय लिन मिल्ने आवश्यकताको सिद्धान्त आकर्षित भएको नदेखिनु तर निर्वाचन आयोगजस्तो साझा संवैधानिक निकायले निरिहता प्रकट गर्नुलाई लोकतान्त्रिक अभ्यासका लागि सुखद संकेत मान्न नसकिने कांग्रेसको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू