अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

मेक्सिकोले बोलभियाका राष्ट्रपति मोरालेसलाई राजनीतिक शरण दिने

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:२६ मा प्रकाशित

मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गर्नुभएको हो ।

मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार रहेको उहाको भनाई थियो । आवश्यकतामा मानवीयता र इमान्दारिता प्रदर्शन गर्दै बोलिभियाली नेतालाई शरण दिने निर्णयसरकारले गरेको हो । मोरालेसलाई शरण दिने कुरा बोलिभियाली विदेश मन्त्रालय, अमेरिकी राज्यहरूका साथै मेक्सिकोको सिनेट र संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी गराइने विदेशमन्त्री एब्राडले बताउनुभएको छ ।

मोरालेसको सन् २०२० को जनवरीमा कार्यकाल सकिने भएपनि बोलिभियाली सेनाले राजिनामा दिन लगाएपछि उहाँले राजिनामा दिनुभएको मेक्सिकोले जनाएको छ । यसलाई मेक्सिकोले ‘कू’ (सैनिक विद्रोह) को संज्ञा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू