अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

राष्ट्रिय हितका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्छ– राजमो अध्यक्ष केसी

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:२४ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले भारतले नेपाली जमिन समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि त्यसविरुद्ध नेपालका राजनीतिक दल एक ठाउँमा आउनु अत्यन्तै राम्रो पक्ष भएको उल्लेख गर्नुभयो ।

अब जनता सचेत भइसकेकाले राष्ट्रिय हितविपरित जाने जोसुकै दललाई जनताले लोप्पा खुवाउने समेत केसीले बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका केसीले भारतले हड्पेको नेपाली भूमि फिर्ता गर्नुपर्ने अहिले उत्तम समय भएको समेत ठहर गर्नुभएको छ ।

कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको बताउँदै उहाँले सुस्ता र मिचिएका अन्य भूभाग पनि फर्काउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । तर, सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेको केसीको आरोप थियो । अर्को प्रसंगमा अध्यक्ष केसीले वर्तमान सरकारलाई ढाल्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको समेत प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू