अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल – नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:२२ मा प्रकाशित

नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगावै उपाधी नजिक पुगेको हो ।

यस अघि नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गीस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब नेपालले अन्तिम खेलमा माल्दिभ्सको सामना गर्ने छ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया