अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

इरानले सम्झौताविपरीत युरेनियम भण्डारण थालेको राष्ट्रसंघको आरोप

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:२२ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले इरानले शक्ति राष्ट्रहरुसँगको सम्झौता उल्लंघन गरेर युरेनियम प्रशोधन गर्न थालेको आरोप लगाएको छ । राष्ट्रसंघीय आणविक निगरानी संस्थाले सम्झौता विपरीत तेहरानले लगातार युरेनियम भण्डारण बढाइरहेको पुष्टि गरेको छ ।

गत वर्ष यो सम्झौताबाट संयुक्त राज्य अमेरिकाले फिर्ता हुने निर्णय गरेसँगै इरानले आफ्नो तेल व्यापारलाई कमजोर बनाउन खोजेको भन्दै एक पछि अर्को गर्दै आणविक गतिविधि बढाएको राष्ट्रसंघको आरोप छ । जवाफमा इरानले आफूमाथि लगाइएका प्रतिवन्ध फुकुवा गरे आणविक गतिविधि स्थगित गर्नेबारे छलफल गर्न सकिने प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू