अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

बंगलादेशमा दुई रेल ठोक्किए, कम्तिमा १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:२० मा प्रकाशित

बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । मंगलबार बिहान भएको दुर्घटनामा ४० जना भन्दा बढी घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

दुर्घटनामा क्षतिग्रस्त भएको रेलमा फसेका यात्रुलाई उद्धार गर्न उद्धारकर्मी परिचालन गरिएको थियो । चटगाउँका लागि छुटेको रेल र राजधानी ढाकाका लागि छुटेको रेलसँग स्थानीय समय अनुसार मंगलबार बिहान तीन बजे राजधानी ढाकाबाट १०० किलोमिटर पर ठोक्किएका हुन् ।

दुर्घटनामा चटगाउँका लागि छुटेको रेलका तीनवटा डिब्बामा क्षति पुगेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू