अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४३ | Colorodo: 14:58

सीमा अतिक्रमणको विरोधमा नेविसंघको प्रदर्शन, भारत र सरकार विरुद्ध चर्को नारा

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:१९ मा प्रकाशित

सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौमा प्रदर्शन गरेको छ । पशुपति क्याम्पस चावहिलबाट सुरु भएको विरोध प्रदर्शन चावहिल चोक, गौशालासहित विभिन्न ठाउँको परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनका सहभागीहरुले भारतले नक्सा सच्याउनुपर्ने माग राखेका छन् । विद्यार्थीहरुले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारेको भन्दै त्यसको चर्को विरोध गरेका हुन् ।

नक्सा नसच्चाए आन्दोलन चर्काउने चेतावनी दिँदै नेविसंघले सरकारको ध्यानाकर्षणसमेत गराएको छ । भारतले सीमा मिच्दासमेत मूकदर्शक भएको, कूटनीतिक पहल नगरेको भन्दै सरकारविरुद्ध पनि चर्को नारावाजी गरेका थिए । विद्यार्थीको आन्दोलनको कारण चावहिल, गौशाला क्षेत्रमा केही बेर यातायात अवरुद्ध भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू