अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

भारतले नेपाली भूमि मिचेर सार्वजनिक गरेको नक्सा कुनै हालतमा मान्य नहुने प्रचण्डको भनाई

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत सरकारले नेपाली भूमि मिचेर सार्वजनिक गरेको नक्सा कुनै हालतमा मान्य नहुने बताउनुभएको छ । भरतपुर महानगरपालिकामा भएको नेकपाका वडा कमिटिहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हेपाहा तरिकाले भारतले नेपाली भूमि मिचेको बताउनुभयो । उहाँले महाकालीदेखिको पूर्वको भू–भाग सबै नेपालको भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भू–भागलाई कसैले आफ्नो भन्छ भने आफूलाई मान्य नहुने उल्लेख गर्नुभयो । १८१६ को सुगौली सन्धी, त्यसपछिका चिठी–पत्र र सुगौली सन्धीपछि छापिएका औपचारिक र वैधानिक नक्साले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानिएकाले सोही अनुरुप अघि बढ्नुपर्ने उहाँको भनाइ छ । सीमा विवादको विषयमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको भन्दै प्रचण्डले नेपाली गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक समय आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू