अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

मिस युएससएको फ्रेन्चाइजमा पहिलो पटक नेपाली मूलकी युवती बिजयी

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते १५:५९ मा प्रकाशित

मिस युएससएको फ्रेन्चाइजमा पहिलो पटक नेपाली मूलकी युवतीले उच्च तहको टाइटल जितेकी छिन् । नेपाली अमेरिकन सुजिता बस्नेतले मिस मेरिल्याण्ड युएसएमा सेकेन्ड रनर अपको टाइटल मात्र जितिनन्, पिपुल च्वाइस अवार्ड समेत जितेकी छिन् ।

पहिलो मिस नेपाल अमेरिका सुजिता बस्नेतले अमेरिकी प्रतियोगिता मिस मेरिल्याण्ड युएसएमा सेकेन्ड रनर अपको ताज पहिरिन सफल भएकी हुन् । मिस मेरिल्याण्ड युएसए सन् १९५२ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ ।

यही प्रतियोगिताकी विजेता नाना मेरिवेदर सन् २०१२ मा मिस युएसए भएकी थिइन् । ओलिभिया कल्पोले सुरुमा मिस युएसए जीते पनि पछि मिस युनिभर्सलको टाइटल जितेपछि फस्ट रनर अप मेरिवेदरलाई मिस युएसए घोषणा गरिएको थियो ।

मिस युएसएका लागि प्रतिस्पर्धी छनौट गर्नका लागि मिस मेरिल्याण्ड युएसएको आयोजना गरिँदै आएको छ । जसमा यस पटक सुताजा र अरू ९५ जना अमेरिकन युवतीहरुले प्रतिस्पर्धा गरेका थिए । सबैलाई पछि पारेर सुजिताले पिपुल च्वाइस अवार्ड समेत जितेकी छिन् ।

सुजिताले सन् २०११ मा पहिलो मिस नेपाल युएससए जितेकी थिइन् । पहिलो मिस नेपाल युएसएले मिस मेरिल्याण्ड युएससएमा सेकण्ड रनर अप र पब्लिक च्वाइस अवार्ड जित्न सफल भएकोमा मिस नेपाल युएसएका सीईओ तथा संस्थापक अमित शाहले बधाई दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू