अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

डा.केसीलाई जबर्जस्ती काठमाडौं लैजान खोजेपछि डडेलधुरामा तनाव

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ७:१२ मा प्रकाशित

बिगत ८ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको भन्दै उहाँलाई जबर्जस्ती हेलिकप्टरमा काठमाडौं लैजान खोजिएपछि डडेलधुरा तनावग्रस्त बनेको छ । डा.केसीलाई अनशनस्थलबाट स्थानान्तरण गराउन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

डडेलधुरा अस्पतालले विज्ञप्ती जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिएपछि उनलाई अनशनस्थल छोडाउनका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको हो । सोमबार बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई काठमाडौं लैजानका लागि सुरक्षाकर्मीले दबाब दिएपनि डा केसीले डडेलधुरा नछोड्ने अडान लिनुभएको थियो । केसीका समर्थकले पनि उनलाई स्थानान्तरण नगर्न आग्रह गर्दै आएका छन् । आज विहानैदेखि डडेलधुरा बजार क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । बजार क्षेत्रमा केसीको समर्थनमा प्रदर्शन भइरहेको छ भने बजार पनि बन्द गरिएको छ । स्थानीयले टायर बालेर प्रदर्शन गरेका छन् ।

चिकित्सकका अनुसार केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ । डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भन्दै सुरक्षित स्थानमा पठाउन आग्रह गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू