अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

रोहिंग्या नरसंहारको आरोपमा म्यानमारविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा दर्ता

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ७:०६ मा प्रकाशित

रोहिंग्या नरसंहारको आरोपमा जाम्बियाले म्यानमारविरुद्ध संयुक्त राष्ट्रसंघको उच्च अदालतमा मुद्दा दर्ता गरेको छ । जाम्बियाका अधिवक्ताले सोमबार ’तत्काल म्यानमारको रोहिंग्या नरसंहार रोक्न’ आदेश जारी गर्नसमेत अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह गरेका छन् । जाम्बियाले इस्लामिक सहकार्य संस्थाका तर्फबाट उक्त मुद्दा दर्ता गरेको हो ।

म्यानमारका सैनिकले सन् २०१७ मा रोहिंग्याविरुद्ध क्रुर अभियान चलाएको थियो । जसबाट ७० लाख रोहिंग्याले मुलुक छोडेर छिमेकी मुलुक बंगलादेशमा शरण लिन पुगेका छन् । म्यानमारको सेनाले जातीय सफाया गर्न बलात्कार, हत्या तथा आवास जलाउनेसम्मका क्रुर गतिविधि गरेको थियो ।

संयुक्त राष्ट्रसंघको तथ्य खोजी गर्ने मिसनका प्रमुखले म्यानमारलाई रोहिंग्या नरसंहार निकै बढिरहेको भन्दै गत महिना चेतावनी दिएका थिए । उनले सेप्टेम्बरमा अन्तिम प्रतिवेदन प्रस्तुत गर्ने क्रममा म्यानमारले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू