अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

टी २० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ७:०३ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी २० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अघिल्लो महिनाको वरीयता क्रममा दुई स्थान तल झर्दै १३औँ स्थानमा पुगेको नेपाल यो महिनाको वरीयता क्रममा १२औँ स्थानमा उक्लिएको छ ।

नयाँ वरीयताअनुसार नेपालले २१ खेलबाट १८९ रेटिङ अंक पाएको छ । यसअघि नेपाललाई उछिनेको स्कटल्याण्ड र यूएई तल झरेका छन् । स्कटल्याण्ड एक स्थान तल झरेको छ भने यूएई १५औँ स्थानमा पुगेको छ ।

यसअघि यूएई १२औँ स्थानमा थियो । वरीयता क्रममा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौं स्थानमा छन् । यस्तै न्यूजिल्याण्ड छैटौं, श्रीलंका सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं, वेष्ट इण्डिज १०औं र जिम्बाबे एघारौं स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू