अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 11:47

दक्षिण एसियाली खेलकुदका लागि नेपाली फुटबल टिमको घोषणा

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:५९ मा प्रकाशित

नेपालमा डिसेम्बर १ तारिखदेखि आयोजना हुने दक्षिण एसियाली खेलकुल(साग)का लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । टिममा नेपालका ३ सिनियर खेलाडीहरु बिकेश कुथु,बिक्रम लामा र सुजल श्रेष्ठ पनि रहेका छन् ।

मुख्य प्रशिक्षक महर्जनले नेपाली टिम लामो समयदेखि सागका लागि तयारी गरिरहेको हुनाले आत्मबल पर्यप्त भएको दाबी गर्नुभएको छ । साथै प्रशिक्षक महर्जनले आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नेमा आफु शत प्रतिशत ढुक्क रहेको बताउनुभयो ।

सागका लागि घोषित नेपाली टिममा गोलकिपरमा विकेश कुथु, अर्पण कार्की र दिप कार्की, डिफेन्डरहरुमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्छेन तामाङ र छिरिङ गुरुङ रहेका छन् । यसैगरी मिडफिल्डर तर्फ सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा,शेसेहाङ अम्दाङ्बे र तेज तामाङ र फरवार्डमा विमल घर्ती मगर,अभिशेक रिजाल,रेजिन सुब्बा र अन्जन बिष्ट छनौट भएका छन् ।

प्रतिक्रिया