अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

डा. केसीलाई लिन डडेलधुरा पुगेको हेलिकोप्टर रित्तै फर्कियो

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:५४ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारको माग लिएर डडेलधुरामा आमरण अनसनरत डा. गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ । डा. केसीले आफ्नो माग पूरा नभएसम्म काठमाडौं नजाने र स्थानीयले समेत उहाँको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो । आइतबार डडेलधुरा अस्पतालले केसीकोे स्वास्थ्य अवस्था गम्भीर भएको विज्ञप्ति जारी गरेको थियो ।

सोहिअनुसार सरकारले उहाँलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर डा. केसीको समर्थकको विरोधपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठकसमेत राख्नुभएको थियो । तर बैठकमा डा. केसीका समर्थकले उहाँलाई जबरजस्ती लैजान नमिल्ने भन्दै विरोध जनाएपछि प्रमुख जिल्ला अधिकारीले सेनाको हेलिकोप्टर काठमाडौं फिर्ता पठाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू