अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

भारतले मिचेको लिपुलेक र लिम्पियाधुराको विषय तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने प्रचण्डको भनाइ

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:५२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका छन् । सिंहदरवारमा राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि अन्तर्राष्ट्रियकरण गर्न सकिने बताउनुभयो ।

भारतले नेपालको सीमा मिचेको बारेमा समितिले राखेको छलफलमा प्रचण्डले, ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्ने उल्लेख गर्नुभयो । महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको स्पष्ट दस्तावेज रहेकाले लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेको विषयमा कुनै अन्योल नरहेको उहाँको भनाइ थियो ।

अहिले मुलुकमा स्थीर सरकार रहेकाले भारतसँग गम्भीर वार्ता गर्न उपयुक्त समय भएको पनि अध्यक्ष प्रचण्डको भनाई थियो । बैठकमा सांसदहरुले भने यस विषयको समाधान कर्मचारी प्रशासनको तहबाट नभई उच्चस्तरीय राजनीतिक तहबाटै खोज्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू