अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

हङकङमा सुरक्षाकर्मीको गोली लागि एकको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:३६ मा प्रकाशित

हङकङका जारी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदशर्नकारीमाथि सुरक्षाकर्मीले गरेको गोली प्रहारको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । कालो पहिरनमा रहेको र मुखमा मास्क लगाएका एक यृुवकलाई गोली हानिएको दृश्य प्रष्टै देखिएको छ । हङकङमा विगत केही महिनादेखि जारी सरकार बिरोधी प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले ती प्रदर्शनकारी माथि गोली प्रहार गरेको हो ।

हङकङमा गत जुन महिनादेखि जारी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको यो तेश्रो पटक हो । प्रदर्शनकारीहरुले हङकङको मुख्य शहर साई वान हो टापुमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको हो । प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा सडक अवरुद्ध पारेपछि त्यहाँको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । गत केही दिनअघि प्रहरीले प्रहार गरेको अश्रुग्याँस छल्ने क्रममा एक विद्यार्थीको लडेर मृत्यु भएपछि आन्लोलन झन चर्केको थियो ।

हङकङमा सुपुर्दगी सन्धि खारेज गर्नुपर्ने मागसहित गत जुनदेखि आन्दोलन जारी छ । आन्दोलनकै क्रममा सय भन्दा बढीको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू