अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

मेडिकल संचालकलाई शिक्षामन्त्रीको ‘अल्टिमेटम’

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:३९ मा प्रकाशित

सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई सरकारले कारबाही गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताउनुभयो । सोमबार युनेस्कोको बैठकमा सहभागी हुन आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताउनुभयो । यसबारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई सोमबार पत्र लेखेर जानकारी गरिने बताउनुभयो ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन् । यस्तै पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अनसनरत डा. गोबिन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गर्नुभएको छ ।

डा. केसीको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न शुरु गरेको मन्त्री पोखरेलले बताउनुभयो । अहिले देश सीमा विवादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन डा. केसीलाई आग्रह गर्नुभयो । डा. केसी विभिन्न माग राखेर आठ दिनदेखि डडेलधुरामा अनसनरत् हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू