अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

बोलिभियाका राष्ट्रपतिद्धारा पदबाट राजीनामा, निर्वाचनमा धाँधली गरेको आरोप

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:३४ मा प्रकाशित

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिनुभएको छ । गत महिना भएको पुन निर्वाचनपछि विवादमा आएका राष्ट्रपति मोरालेसले पदबाट राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय निर्वाचन पर्यवक्षेकहरुले बोलिभियामा गत अक्टोबरमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली भएको भन्दै पुन निर्वाचन गर्न दबाब दिएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

राजीनामा संगसंगै मोरालेसले देशमा पुन चुनाव गर्ने घोषणा समेत गर्नुभएको छ । बोलिभियाका राजनीतिक दल र सेना तथा प्रहरी प्रमुखहरुले समेत पद छोड्न दबाब दिएपछि मोरालेस राजीनामा दिनुभएको हो । राष्ट्रपतिको राजीनामा माग गर्दै बोलिभियाका सर्वसाधारणले विरोध प्रदर्शनसमेत गरेका थिए । सरकार बिरोधी प्रदर्शनमा राष्ट्रपतिका सहयोगीहरुमाथि आक्रमण हुन थालेपछि उहाँले टेलिभिजन सम्बोधनमा आक्रमण बन्द गर्न, आगजनी र तोडफोड नगर्न अपील गर्नभएको थियो ।

प्रदर्शन चर्कँदै गएपछि अमेरिकी राज्य संगठनले चुनावी परिणामको अनुगमन गरी त्रुटीपूर्ण रहेको ठहर गरेको थियो । यता राष्ट्रपतिको राजीनमा पछि उपराष्ट्रपति अल्बारो गार्सिया लाइनरा र सिनेटका अध्यक्ष समेतले पनि राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू