अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

इङ्गलिस प्रिमियर लिग फुटबलः लिभरपूलले साविक विजेता म्यान्चेस्टर सिटीलाई हरायो

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:३३ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपूलले साविक विजेता म्यान्चेस्टर सिटीलाई ३–१ ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे ।

सिटीका बर्नार्डो सिल्भाले एक गोल फर्काए । जितसँगै लिभरपुलले दोस्रो स्थानको लेष्टर सिटीसँग ८ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो पारेको छ । १२ खेलबाट लिभरपुलको ३४ अंक भएको छ भने समान खेलबाट २६ अंक जोडेका लेष्टर सिटी र चेल्सी क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

चौथो स्थानको म्यान्चेस्टर सिटीको २५ अंक छ । प्रिमियर लिगकै अर्को खेलमा गएराती म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई ३–१ ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले एस्टन भिल्लामाथि २–१ को जित निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू