अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

‘साग’का ९ खेल पोखरामा’ हुने

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:३० मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का ९ ओटा खेल पोखरामा हुने बताउनुभएको छ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव सिलवालले पूर्वाधारको अभावमा पोखरामा हुने भनिएका कुनैपनि खेल नरोकिने दाबी समेत गर्नुभयो ।

सिलवालले अबको १५ दिनभित्र आवश्यक पूर्वाधारको सबै काम सकिने दाबीसमेत गर्नुभयो । साग अन्तरगत् पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्राइएथलन, पाराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याडमिन्टन र भारोत्तोलन गरी ९ खेल हुनेछन् ।

प्रतिक्रिया