अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल भुटानमा गर्न एएफसीको स्वीकृति

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ६:२८ मा प्रकाशित

विश्वकप तथा एसियाली छनोट अन्तगर्त कुवेतसँगको होम म्याच भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउन एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्वीकृति दिएको छ ।

मंसिर ३ गते काठमाडौंको दशरथ रंगशालामा हुनुपर्ने खेल रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै एएफसीको टेक्निकल कमिटीले अस्वीकृत गरेपछि एन्फाले भुटानमा खेलाउन फिफा र एएफसीमा प्रस्ताव गरेको थियो ।

कुवेत र नेपाल फुटबल संघको लामो जुहारीपनि एएफसीले भुटानमै खेल कुने निश्चित गरिदिएको एन्फाका प्रवक्ता किरण राईले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् । विश्वकप छनोटको अवे खेलमा नेपालले कुवेतसँग ७–० को फराकिलो हार ब्यहोरेको थियो । नेपालले चाइनिज ताइपेइलाई हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो ।

प्रतिक्रिया