अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

प्रधानमन्त्रीले चाहे १ घण्टाभित्रै मेरा माग पुरा हुन्छन्– डा. गोविन्द केसी

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:३० मा प्रकाशित

चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्राडा. गोविन्द केसीले प्रधानमन्त्रीले चाहेमा आफ्ना मागहरू एक घण्टाभित्र पूरा हुने बताउनुभएको छ । अनशनको सातौँ दिन आइतबार पत्रकार सम्मेलन गर्दै केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको एक आदेशले आफूले अघि सारेका मागहरू पूरा हुने बताउनुभएको हो ।

मन्त्रीलाई प्रधानमन्त्री ओलीले एक आदेश दिए आफ्ना सातबुँदे माग पूरा हुने उहाँको दाबी छ। प्रधानमन्त्री ओलीले चाहेमा डडेल्धुरालगायतका देशका चिकित्सकविहीन रहेका अस्पतालमा डाक्टर पदपूर्ति हुने डा. केसीले बताउनुभयो । देशका प्रधानमन्त्री जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार भएको उहाँको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू