अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

भारतले कालापानीलाई आफ्नो नक्सामा राखेकोमा नेपाल पत्रकार महासंघको आपत्ति

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:२७ मा प्रकाशित

भारतले नेपालको भू– भागलाई आफ्नो नक्सामा समेटेकोमा पत्रकार महासंघ नेपालले आपत्ति जनाएको छ। महासंघको केन्द्रीय समितिको आठौँ पूर्ण बैठकले हालै भारतले कालापानीलाई समेटेर सार्वजनिक गरेको नक्साको विरोध गरेको हो।

महासंघको २२ र २३ गते गोरखामा बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै भनिएको छ, ’नेपालको भू–भाग लिपुलेक, कालापानी क्षेत्रलाई हालै भारतद्वारा जारी उसको आधिकारिक नक्सामा गाभेर प्रकाशन गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। यस विषयमा नेपाल सरकारले कुटनीतिक माध्यमद्वारा सो नक्सा संशोधन गराउनेतर्फ पहल गर्न र देशका अन्य क्षेत्रमा रहेका सीमा समस्या तथा विवादहरूलाई राष्ट्रको स्वाधीनता र सार्वभौमिकता कायम हुनेगरी समाधान गर्नसमेत बैठक जोडदार माग गरेको छ।’

भारतले गत आइतबार नक्सा सार्वजनिक गर्दै नेपालको कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समेटेको थियो। त्यसको विरोधमा नेपालमा व्यापक विरोध हुँदै आईरहेको वेला पत्रकार महासंघले पनि बिरोध जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू