अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

डा. केसीका समर्थकद्धारा सरकारी गाडी चल्न निषेध

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:२५ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राध्यापक डाक्टर गोविन्द केसी डडेल्धुरामा १७ औं चरणको अनसन बसिरहनुभएको छ । अनसनको सातौं दिन बितिसक्दा समेत सरकारले बेवास्ता भन्दै डडेल्धुराबासी डा. केसीको समर्थनमा सडकमा उत्रिएका छन् । डा. केसी, नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने लगायत सात बुँदे माग राखेर अनसन बसिरहनुभएको छ ।

उहाँको स्वास्थ्य अवस्था बिग्रन थाले पनि सरकारले बेवास्ता गरेको भन्दै डा. केसीका समर्थकले डडेल्धुरामा आज सरकारी गाडी चल्न दिएनन् । उनिहरुले केही घण्टाका लागि बजार पसल समेत बन्द गराए । शरिरमा पानीको मात्रा कम भएपछि, डा. केसीलाई दुई दिन देखि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ । उहाँले माग पूरा नभएसम्म अनसन कुनै पनि अवस्थामा नरोकिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू