अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको राजीनामा

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:२५ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ । आर्थिक अनियमितताको आरोप लागेपछि राज्यमन्त्री रावलले आज राजीनामा दिनुभएको हो ।

रावलविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको छ । साथै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

रावलले आफूमाथि लगाउन खोजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष तथा तथ्ययुक्त छानबिन सहजता र न्याय स्थापित होस् भन्ने आशयले राजीनामा दिएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू