अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

सबै निजी विद्यालय सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्याब्सनको प्रतिवद्धता

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:०९ मा प्रकाशित

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) अन्तर्गतका सबै विद्यालय र कार्यरत शिक्षक तथा कर्मचारीले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रतिबद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग आइतबार भएको छलफलमा एन–प्याब्सनका पदाधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सामाजिक सुरक्षा कोष ऐच्छिक नभएर अनिवार्य विषय भएको भन्दै मन्त्री विष्टले सरकारले थप गरेको समयभित्र सबै विद्यालय र शिक्षक कर्मचारी सूचीकृत भइसक्न निर्देशन दिनुभयो । मन्त्री विष्टले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको भन्दै निजी विद्यालयका समस्या समाधानका लागि सरकार सदैव तयार भएको पनि बताउनुभयो ।

छलफलमा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा सहितकोे पदाधिकारी टोलीले सबै विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । छलफलमा मन्त्री विष्टले विभिन्न क्षेत्रबाट आएका गुनासालाई सम्बोधन गर्दै सामाजिक सुरक्षा कोषलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउँदै लैजाने प्रष्ट पार्नुभयो । सरकारले कोषमा सूचीकृत हुन मंसिर १३ गतेसम्मको समय थप गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू