अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

इङ्गलिस प्रिमियर लिग – लेष्टर सिटीद्धारा आर्सनल पराजित, चेल्सीको शानदार प्रदर्शन 

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:०९ मा प्रकाशित

आर्सनललाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा लेष्टर सिटीले आर्सनललाई २–० ले हराउन सफल भयो । लेष्टर सिटीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले एक एक गोल गरेका थिए ।

गएराती भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० ले हराएको छ । खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहम र क्रिश्चियन पुलिसिचले एक एक गोल गरेका हुन् । प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले साउथह्याम्पटनलाई २–१ ले हराउँदा बर्न्लेले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले तथा न्युकासल युनाइटेडले बर्नमाउथलाई २–१ ले हराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू