अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

पूर्व राज्यमन्त्री ज्योती तथा छोरी सुरुचीलाइ थप ५ दिन थुनामा राख्न अनुमति

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:२३ मा प्रकाशित

हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र छोरी सुरुचिलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । आज जिल्ला अदालत काठमाडौंले छोरी सुरुचिसहित रुप ज्योतिलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको थियो । सो म्याद हिजो सकिएपछि उनीहरुलाई आज दोस्रो पटक म्याद थपका लागि अदालत पु¥याइएको थियो । हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो ।

ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएको आरोप लागेको छ । कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा थियो । त्यसैका आधारमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू