अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

नेकपा सचिवालयको बैठक मंगलवार बस्दै

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:०१ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकताका बाँकी काम टुंग्याउन मंगलबार सचिवालय बैठक बोलाएको छ । पछिल्लो पटक आइतबार बसेको नेकपा सचिवालय बैठकले अघिल्लो दिन मन्त्रीपरिषद बैठकले खाली बनाएका प्रदेश प्रमुखहरुको पद पूर्ति गरेको थियो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्ने जानकारी प्राप्त गरे पनि त्यसको समय निश्चित भने भइनसकेको जानकारी दिनुभयो । मंगलबारको सचिवालय बैठकले नेकपाको अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन गर्ने बुझिएको छ। पार्टीका एक उच्च नेताका अनुसार आइतबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नेकपाको अनुशासन आयोगको प्रमुखमा पूर्व एमालेको अनुशासन आयोग प्रमुखको हैसियतमा काम गरिसकेका अमृत बोहोरालाई बनाउने सहमति भएको छ ।

त्यसबारे पनि बैठकले औपचारिक निर्णय गर्ने बुझिएको छ । अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न आइतबार दिउँसो बालुवाटार जानुभएको थियो र त्यहाँ झन्डै डेढ घन्टा पार्टी एकताका बाँकी कामबारे छलफल भएको बताईएको छ । तर लामो समयदेखि अड्किएको पोलिटव्युरो गठन भने अनिश्चित बनेको छ । भेटमा पछिल्लो समय विभिन्न जिल्लामा भ्रमण गरेर आउनुभएका प्रचण्डले उपनिर्वाचनको माहोलबारे पनि ओलीलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू