अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ मा २१ उमेद्वार कायम, ३ को उम्मेद्वारी बदर, १ को फिर्ता

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:०० मा प्रकाशित

कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा रिक्त प्रतिनिधिसमा सदस्यका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि २१ उम्मेद्वार कायम भएका छन् । १४ राजनीतिक दल र ११ स्वतन्त्र गरी २५ उम्मेद्वारले मनोनयन दर्ता गराएकामा ३ पार्टीका उम्मेद्वारको उम्मेद्वारी बदर भएको छ भने एक उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज स्वतन्त्र उमेद्वार पुरुषोत्तम खनालले उम्मेद्वारी फिर्ता लिनुभएको हो । यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सम्बो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेद्वारी निर्वाचन आयोगले बदर गरिदिएको छ ।

अब निर्वाचनमा नेकपाबाट विद्या भट्टराई अधिकारी, काँग्रेसका खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा लगाएत नेताहरुको प्रतिस्पर्धा गर्ने भएका छन् ।

तत्कालिन पर्यटनमन्त्री रविन्द्रप्रसाद अधिकारीको गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका कारण कास्की–२ प्रतिनिधिसभा सदस्य खाली भएपछि उपनिर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू