अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

१३ औं दक्षिण एसियाली खेलकुदमा ११ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुने

बिआरटीनेपाल २०७६ कार्तिक २३ गते ६:१९ मा प्रकाशित

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा जम्मा ३ सय २४ स्वर्ण सहित ११ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । आयोजक नेपालले निर्धारण गरेको खेल स्पर्धा अनुसार कुल २७ खेलमा ३ सय २४ स्वर्णका लागि सात राष्ट्रले प्रतिस्पर्धा गर्ने तय भएको हो ।

सात राष्ट्र सहभागी सेफ द मिशनमा नेपालले प्रस्तुत गरेको पदक विवरण अनुसार प्रतियोगितामा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ काँस्य पदक समावेश छ । पदक विवरण अनुसार सबै भन्दा धेरै पौडीमा ३८ र एथ्लेटिक्समा ३६ स्वर्ण रहेका छन् । यस्तै, आर्चरीमा १० स्वर्ण, बास्केटबलमा २, थ्री वाई थ्री बास्केटबलमा २, ब्याडमिन्टनमा ७, बक्सिङमा १६, क्रिकेटमा २, साईकिलिङमा ८, फेन्सिङमा १२, फुटबलमा २, गल्फमा ४, ह्याण्डबलमा २, जुडोमा १५ र कबड्डीमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, कँरातेमा १९, खोखोमा २, प्यालाग्लाईडिङमा ८, स्विमिङमा ३८, सुटिङमा २०, स्क्वासमा ४, टेबल टेनिसमा ७, टेनिसमा ७, तेक्वान्दोमा २९, ट्रायथलनमा ५, भलिवलमा २, विच भलिबलमा २, भारत्तोलनमा २०, कुस्तीमा २० र उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय भएको छ ।

प्रतिक्रिया