अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

भारतीय नक्साविरुद्ध सडक तताउन कार्यकर्तालाई देउवाको निर्देशन

बिआरटीनेपाल २०७६ कार्तिक २३ गते ६:१२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको आन्दोलनलाई सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । लिपुलेक कालापानीसहित नेपाली भूभागलाई भारतमा पार्नेगरी भारतले जारी गरेको नक्साको विरोधमा जारी आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

शनिबार बिहान आन्दोलनरत नेपाल विद्यार्थी संघका कार्यकर्तालाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर आन्दोलनलाई सशक्त पार्न निर्देशन दिएको बताईएको छ । लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत विद्यार्थी नेताहरूलाई बोलाएर सभापति देउवाले सशक्त ढंगले आन्दोलन गरी राष्ट्रियता जगेर्ना गर्न निर्देशन दिएको नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालले जानकारी दिनुभयो ।

छलफलमा सभापति देउवाले आफूले नक्सा सच्याउन भारतीय राजदूत र कूटनीतिज्ञसँग आग्रह गरेको जानकारी दिँदै काठमाडौंमा आन्दोलनलाई चर्को बनाउन आग्रह गरेको बताउनुभएको थियो । सभापति देउवाले शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक चर्काउने योजनाअन्तर्गत रहेर काम गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू