अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

मोदीद्धारा पाकिस्तानी प्रधानमन्त्री खानलाई धन्यवाद

बिआरटीनेपाल २०७६ कार्तिक २३ गते ६:११ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिनुभएको हो ।

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ । सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझेर सहयोग गरेकोले धन्यवाद दिन चाहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू