अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

ब्राजिलका पूर्व राष्ट्रपति सिल्भा रिहा, हजारौं समर्थकले निकाले र्याली

बिआरटीनेपाल २०७६ कार्तिक २३ गते ६:०१ मा प्रकाशित

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा अदालतबाट रिहा हुनुभएको छ । अदालतको आदेशसँगै पूर्व राष्ट्रपति लुइज इनासियो रिह हुनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत वर्ष इन्जिनियरहरुसँग घुस लिएको आरोपमा राष्ट्रपति लुइज इनासियोलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो ।

एक अपराधिको पहिलो अपिल हराएपछि सर्वोच्च अदालतले दोषीलाई कैद आवश्यक पर्ने कानुन संसोधन गरेलगत्तै राष्ट्रपति लुइज इनासियोलाई रिहा गरिएको हो । अदालतको उक्त फैसलाले अन्य जघन्य अपराधमा जेल सजाय भोगिरहेकाहरुलाई फाइदा पुग्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।

अदालतबाट रिहा भएलगत्तै लुइज इनासियोले आफूमाथि लागेको आरोप गलत सावित गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँको रिहा लगत्तै भएको र्यालीमा हजारौं समर्थक सहभागी भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू