अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

आमरण अनशनरत डा. गोविन्द केसी अस्पताल भर्ना

बिआरटीनेपाल २०७६ कार्तिक २३ गते ५:५४ मा प्रकाशित

विगत ६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुकी उहाँलाई सत्याग्रह थालेको कोठाबाट अस्पतालमा सारिएको हो। सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र जिल्ला प्रशासनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको छ।

डा. केसीले अस्पतालबाटै अनशन जारी राख्नुभएको उहाँका भाई किशोर केसीले जानकारी दिनुभयो । ७ बुँदे माग राखी डा. केसीले कात्तिक १८ गते सोमबारदेखि अनशन सुरु गर्नुभएको थियो । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. केसीले गत सोमबार देखि डडेल्धुरा सुदरमुकाममा १७ औं पटकको सत्याग्रह थाल्नुभएको थियो । डा. केसीको स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा अस्पताल लगिएको अस्पतालका निमित्त मेडिकलल सुपरीटेनडेण्ट डा जितेन्द्र कंडेलले बताउनुभयो ।

डा. केसीले डडेल्धुरा अस्पतालदेखि करिब एक सय मिटरको दुरीमा अस्पतालको गेट नजिकै रहेको एक निजी घरको कोठामा सत्याग्रह थाल्नुभएको थियो । चिसोका कारण सत्याग्रह थालेको दोस्रो दिनमै उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो। शुक्रबार बिहान स्वास्थ्यमा केही सुधार भए पनि बेलुकी फेरि समस्या देखिए पछि करिब साढे आठ बजे अस्पताल लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू