अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

नेपाली बजारमा सुनको मूल्य घट्यो

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ८:०८ मा प्रकाशित

नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारलाई पछ्याउदैै शुक्रवार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेर ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य ७० हजार ६ सय रुपैया प्रतितोला रहेको थियो । आज चाँदीको मुल्यमा पनि कमि आएको छ ।

यसैगरी चाँदीको मुल्य तोलामा १५ रुपैयाँ घटेर ८ सय ३५ रुपैयाँँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १४ सय ६९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया