अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

‘साग’मा भारत र पाकिस्तानले क्रिकेट नखेल्ने

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ८:०६ मा प्रकाशित

आगामी मंसिरमा नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भारत र पाकिस्तानले क्रिकेट नखेल्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीमा दर्ता भएको खेल तालिका अनुसार भारत र पाकिस्तानले क्रिकेटमा टिम दर्ता गराएका छैनन् ।

विश्व क्रिकेटका दुई ठूला चीरपरिचित प्रतिद्वन्दी राष्ट्र साग क्रिकेटमा सहभागी नहुने भएका हुन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै फुटबल स्पर्धामा बंगलादेशले नखेल्ने भएको छ । बंगलादेश बाहेकका राष्ट्रले फुटबल स्पर्धामा सहभागिता जनाउन टिम दर्ता गराएका छन् ।

कमिटीमा दर्ता भएको खेल तालिका अनुसार आयोजक नेपालले मात्र सम्पूर्ण २७ वटा खेलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू