अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

इरानमा भूकम्प, कम्तीमा कम्तीमा ५ जनाको मृत्यु, १०० घाइते

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:५७ मा प्रकाशित

इरानको उत्तर–पश्चिम अजरबैजान प्रान्तमा गएको भूकम्पका कारण कम्तीमा ५ जनाको मृत्यु भएको छ । भुकम्पककै कारण अन्य १०० जना बढी घाइते भएका छन् । भागदौड मच्चिँदा धेरैजना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । ३० भन्दा बढी घर भत्किएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ५.९ म्याग्निच्यूडको भूकम्प गएको इरानको भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पलगत्तै ६० भन्दा बढी साना पराकम्पन गएका थिए ।

इरान भूकम्पीय हिसाबले जोखिमपूर्ण क्षेत्र मानिन्छ । त्यहाँ सन् २०१७ मा गएको ७ म्याग्निच्यूडको भूकम्पका कारण ६०० जनाको मृत्यु भएको थियो । यस्तै, सन् २००३ प्राचीन बाम क्षेत्रमा गएको ६.६ म्याग्निच्यूडको भूकम्पका कारण २६ हजार जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू