अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

अदालतले फैसला उल्टाइदिएपछि ब्राजिलका पूर्व राष्ट्रपति लुला रिहा हुने सम्भावना

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:४८ मा प्रकाशित

ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व राष्ट्रपति लुला डे सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ । फौजदारी मुद्दामा पहिलो सुनुवाइ हुँदा कुनै व्यक्ति हारेमा पनि त्यस्तो अभियोग प्रमाणित नहुँदासम्म जेल जानैपर्ने यसअघिको फैसला अदालतले उल्ट्याएको हो ।

यही आधारमा नेता लुला तत्कालका लागि जेलमुक्त हुनसक्ने अड्कलबाजी गरिएको छ । लुलाका वकीलहरुले उहाँको तत्काल रिहाईका लागि पहल गरिने बताएका छन् । सर्वोच्चमा नयाँ आदेशको पक्ष(विपक्षमा न्यायाधीशहरु बाँडिएका थिए । मतविभाजनका आधारमा गरिएको निर्णयमा तीन वर्ष पहिलेको आदेशलाई उल्ट्याउने पक्षमा ६ र विपक्षमा ५ मत परेको थियो ।

कारवास नामको एक अनुसन्धानमा पूर्व राष्ट्रपति लुलाको संलग्नता रहेको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ । अदालतको आदेश जेजस्तो भए पनि अभियोजनकर्ता सरकारी वकीलहरुले लुलाविरुद्धको भ्रष्टाचार छानबिनलाई निरन्तरता दिने बताएका छन् ।

आमजनताले पनि ब्राजिलमा मौलाएको भ्रष्टाचारका कारण दैनिक जीवन कष्टकर बनेको तथा राष्ट्रको प्रतिष्ठा रसातलमा पुगेको भन्दै आक्रोश पोख्दै आएका छन् । अदालतले यही प्रकृतिका मुद्दामा जेलजीवन व्यतित गरिरहेका पाँच हजारभन्दा बढीको सुनुवाई गर्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू