अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

पूर्व अर्थ राज्यमन्त्री रुप ज्योतिलाइ थुनामा राखेर अनुसन्धान गर्न अदालतको स्वीकृती

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:४३ मा प्रकाशित

हाउजिङ व्यवसाय मार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व अर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उहाँकी छोरी सुरुचीलाई ३ दिन थुनमा राखेर अनुसन्धान गर्न अदालतले समयसीमा दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरु दुबैलाई जिल्ला अदालत काठमाडौं लगेको थियो । अदालतले ३ दिनको म्याद दिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाबुछोरीलाई हिजो साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो । तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुग्नुभएको थियो । त्यसको झण्डै १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि प्रहरीले पक्राउ गरेको हो । ज्योति माथी व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू