अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

रौतहटका सांसद आलम बिरुद्धको घटनामा नयाँ मोड, मारिएका भनिएका अख्तर विदेशमा रहेको दावी

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:३९ मा प्रकाशित

बम विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै अख्तरका पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिनुभएको छ । यससंगै रौतहटका काँग्रेस सांसद मोहम्मद अफताव आलमबिरुद्धको मुद्धामा नयाँ परिस्थिति आएको छ ।

घटनामा ज्यान गुमाएका भनिएका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जोहरी दिएको थियो । तर ओसी अख्तरकी पत्नीले भने आफ्ना पति इँटा भट्टमा नमारिएको बरु विदेश गएर नफर्किएको भन्दै निवेदन दिएपछि घटना अर्कै तर्फ मोडिने संकेत देखिएको छ ।

१८ जना भन्दा धेरैलाइ जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा सांसद आलमविरुद्ध हिजो नै बयान सकिएपछि अमना अदालत पुग्नुभएको प्रहरीले जनाएको छ । प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पति ओसी अख्तरलाई आलमले जिउँदै इँटा भट्टामा हालेर मारेको बयान दिनुभएका उहाँले अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएपछि यसबारेमा थप चर्चा सुरु भएको छ ।

यसैबीच, बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको भनिएको समयमा रौतहटका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी रामकृष्ण लामालाई खोज्न जिल्ला प्रहरी कार्यालय, रौतहटले प्रहरी प्रधान कार्यालयसँग सहयोग मागेको छ । अनुसन्धानका क्रममा तत्कालिन एसपी लामाको बयान लिनु पर्ने भए पनि नभेटिएपछि सहयोग गरिदिन भन्दै प्रधान कार्यालयमा पत्राचार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू