अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 09:51

हरिबोधनी एकादशी मनाईयो

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:३६ मा प्रकाशित

आज हरिबोधनी एकादशी । सनातन धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाएका छन् । मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुने गर्दछ ।

पौराणिक कथनअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदि कार्यहरु जुराउनु हुँदैन । तर आजदेखि विष्णु भगवान शयनबाट ब्युझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि उत्तम मानिन्छ । भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै पूजाआजा गर्ने गरिन्छ ।

आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा समेत पुज्ने चलन छ । घरघरमा सजाइएको तुलसाको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गरिन्छ । आजको दिन तुलसीको आयुर्वेद महत्वलाई समेत सम्झने गरिन्छ । आज काठमाडौं उपत्यकाका चार नारायणलगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो एवं विशेष मेला लागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू