अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

मेरिलेबोन क्रिकेट क्लबद्धारा नेपाल पराजित

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:३४ मा प्रकाशित

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई २ सय ८ रनले पराजित गरेको छ । तेस्रो तथा अन्तिम दिनको खेलको अन्तिम सत्रमा ३ सय ९३ रनको लक्ष्य लिएर आएको नेपालको दोस्रो इनिङ्स ४१ औं ओभरमा १ सय ८४ रनमा अलआउट भयो ।

चौध वर्षपछि मान्यता प्राप्त तीनदिवसीय खेलिरहेको नेपालबाट सोमपाल कामीले सर्वाधिक ५१ रन बनाउनुभयो । यसअघि एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको थियो । जबाफमा नेपालले १ सय ५३ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू