अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 04:12

सागमा ३२ सय ९ खेलाडी सहभागी हुने

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:३४ मा प्रकाशित

नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा ३२ सय ९ खेलाडी सहभागी हुने भएका छन् । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा ७ देशले ३२ सय ९ खेलाडी सहभागी गराउने भएका छन् ।

नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको संख्या अनुसार सबै भन्दा धेरै आयोजक नेपालका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू