अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

नेपालको बिकाशमा निरन्तर सघाउने अमेरिकी प्रतिवद्धता

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:४३ मा प्रकाशित

अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडासँग अर्थ मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) का एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने अर्थमन्त्री खतिवडासामु प्रतिवद्धता जनाउनु भयो । प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उहाँले बताउनुभयो । भेटको अवसरमा अर्थमन्त्री खतिवडाले नेपालको विकास प्रयासमा दशकौँअघिदेखि अमेरिकाले गर्दै आएको सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो ।

भेटमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू