अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

उपनिर्वाचन– बागलुङमा १० जनाको उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:४१ मा प्रकाशित

बागलुङमा हुने उपनिर्वाचनका लागि ८ राजनीतिक दल र दुई स्वतन्त्रबाट गरी १० जनाले मनोनयनपत्र दर्ता गराएका छन् । आउँदो मंसिर १४ गते बागलुङ क्षेत्र नम्बर–२ ‘ख’मा प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।

बिहीबार प्रदेशसभा सदस्यका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार खिमविक्रम शाहीले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट जीत शेरचनले उम्मेदवारी दर्ता गराउनुभयो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का तर्फबाट निमबहादुर भण्डारी, समाजवादी पार्टीका तर्फबाट अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गणेशबहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमारी राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेसनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर र स्वतन्त्ररुपमा शेरमान घर्तीमगर र सन्तोष भण्डारीले आफ्नो उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनेहरु बाजागाजा र जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बागलुङ–२ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू