अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 09:46

बुर्किनाफासोमा विद्युतीय धरापमा परेर ३७ को मृत्यु, ६० घाइते

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:४१ मा प्रकाशित

बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। सुन खानीका मजदुरहरूलाई लिएर आइरहेको सुरक्षाकर्मीहरूको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन्।

क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सानौले बुधबार भएको घटनामा परी अरु ६० भन्दा बढी घाइते भएको जानकारी दिएका छन् । दुर्घटनामा परी घाइते भएकाहरूलाई तत्काल उद्धार गरेर उपचार गराउनका लागि सरकारी सुरक्षाकर्मी तथा स्वयमसेवकहरू तत्कालै परिचालन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेमिस दान्डजीनौले बताए ।

घटना भएको क्षेत्रमा सुरक्षाकर्मीहरूले अनुसन्धान सुरु गरिसकेको र दोषीको खोजी पनि भइरहेको उनले जानकारी दिएका छन् । बुर्किना फासोमा आतङ्कवादीहरूको आक्रमणमा सन् २०१५ देखि अहिलेसम्म ५०० भन्दा बढीको मृत्यु भएको दावी गरिएको छ। उनीहरूमध्ये दुई सय जना सुरक्षाकर्मी रहेका छन् भने अरु सर्वसाधारण रहेको अधिकारीहरुले जनाएका छन्। साथै उनीहरूको आतङ्कबाट त्रसित भएर हजारौँ स्थानीय बासिन्दा विस्थापित भएर अन्यत्र बस्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू