अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

कृष्णबहादुर महराद्वारा नेकपा नेता गुरुङसँग कानुनी परामर्श

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:३९ मा प्रकाशित

डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नेकपा स्थायी समिति सदस्य एवं प्रमुख सचेतक देव गुरुङले भेट गर्नुभएको छ । आज बिहान कारागार पुग्नुभएका गुरुङले महरासँग करिब ४५ मिनेट कुराकानी गर्नुभएको हो ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएपछि पहिलोपटक नेकपाका नेता गुरुङले भेट गर्नुभएको हो । कानुनी परामर्शको लागि भन्दै महराले गुरुङलाई भेट्न खोज्लुभएको थियो । आज बिहान डिल्लीबजार कारागार पुगेका गुरुङसँग महराले कानुनी प्रक्रियाबारे परामर्श लिनुभएको हो ।

मुद्दाबारे परामर्श गर्न महराले नै भेट्न खोजेपछि उहाँलाई भेट्न कारागार पुगेको गुरुङले बताउनुभयो । यसअघि पारिवारिक सदस्य बाहेक महराले अरु व्यक्तिसँग भेटघाट गर्नुभएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू