अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

च्याम्पियन्स लिग– लिगबायर्न म्युनिख, युभेन्टस र पिएसजी च्याम्पियन्स लिगको नक आउट चरणमा

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:३७ मा प्रकाशित

शीर्ष क्लबहरु बायर्न म्युनिख, युभेन्टस र पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुगेका छन् । गएराती भएका खेलहरुमा सहज जित निकाल्दै यी तिन टोलीले समुह चरणमा दुई खेल बाँकी छँदै अन्तिम १६ चरणमा स्थान पक्का गरेका हुन् ।

समुह ‘ए’ को खेलमा फ्रान्सको पिएसजीले बेल्जीयमको क्लब ब्रुजलाई १–० ले हराउँदा स्पेनको रियाल मड्रिडले टर्कीको गालातासारेलाई ६–० ले पाखा लगायो । जितसँगै पिएसजीले ४ खेलबाट १२ अंक जोड्दै नक आउट चरणमा ठाउँ बनाउँदा दोस्रो स्थानको रियाल मड्रिडको ७ अंक छ । च्याम्पियन्स लिग समुह ‘बि’ को खेलमा जर्मनीको बायर्न म्युनिखले ग्रिसको ओलम्यिाकोसलाई २–० ले हराउँदा इंग्ल्याण्डको टोटनह्याम हट्सपरले सर्वियाको रेडस्टार बेलग्रेडलाई ४–० ले पाखा लगायो ।

यो समुहमा बायर्नले १२ अंक जोड्दा दोस्रो स्थानको टोटनह्यामको ७ अंक भएको छ । यसैगरी समुह ‘सि’ को खेलमा इंग्लण्डको म्यान्चेस्टर सिटी र इटालीको एटलान्टाले १–१ गोलको बराबरी खेल्दा क्रोएसियाको डाइनामो जाग्रेबले युक्रेनको शख्तरसँग ३–३ गोलको बराबरी खेल्यो । उता समुह ‘डि’ को खेलमा इटालीको युभेन्टसले रुसको लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदा जर्मनीको बायर लिभरकुजेनले स्पेनको एथ्लेटिको मड्रिडलाई २–१ ले पाखा लगायो । युभेन्टसले ४ खेलबाट १२ अंक जोड्दा ७ अंकसहित एथ्लेटिको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया